ad ad

खेल


भुटानमा कमल थापाले जिते टेनिसको पहिलो प्रतियोगिता

भुटानमा कमल थापाले जिते टेनिसको पहिलो प्रतियोगिता

नेपालखबर
असार १७, २०७६ मंगलबार १३:२१,

भुटानको थिम्पुमा आजदेखि ५ औँ भारत–भुटान मैत्री–टेनिस प्रतियोगिता शुरु भएको छ।

प्रतियोगितामा नेपाल,भारत, बंगलादेश र भुटानका ७२ खेलाडीहरु सहभागी छन्। मेन्स सिंगल्स, लेडिज सिंगल्स,४५ प्लस समुहको भेट्रान्स सिंगल्सका खेलहरु समावेश छन्।

नेपालको तर्फबाट मेन्स (पुरुष) सिंगल्समा एवन लिसानेविच र कमल थापा, लेडिज सिंगल्समा असलेषा लिसानेविच तथा ४५ प्लस सिंगल्समा कमल थापा, चाम्बा धोण्डुप र प्रताप मोक्तानले भाग लिएका छन्।

राप्रपाका सहायक महामन्त्री राजाराम बर्ताैलाका अनुसार, आज भएको मेन्स सिंगल्सको पहिलो राउण्डमा नेपालका कमल थापाले भुटानका टासी दोर्जेलाई (७–५,७–६) र एवन लिसानेविचले भुटानकै जिग्मे नोर्बुलाई (६–०,६–२) मा पराजित गरे। लेडिज सिंगल्सको पहिलो राउण्डमा नेपालकी असलेषाले भुटानकी चेन्चो डेमलाई (६–०,६–०) मा पराजित गरिन्।

kamal2 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .