नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई ग्रेडिङमा समावेश गर्ने भएको छ। शुक्रबार बसेको क्यानको बैठकले ‘ए’ ग्रेडमा राख्ने निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए।
जुलाई १ गतेदेखि लागू हुनेगरी उनलाई ग्रेड ‘ए’ मा राख्ने निर्णय भएको हो। बलात्कार आरोप लागेपछि सन्दीप ग्रेडिङ बाहिर थिए।
अदालतबाट सफाइ भएसँगै उनलाई ग्रेडिङमा समावेश गरिएको हो।
क्यानले वर्षदेखि ग्रेड एमा रहेका खेलाडीलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक निर्धारण गरेको छ।
1.0k
Shares
प्रतिक्रिया