ad ad

खेल


सद्‍भाव आचार्यले युएस एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने

सद्‍भाव आचार्यले युएस एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने

नेपालखबर
असार २०, २०८१ बिहिबार १२:२३, काठमाडौँ

नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्यले संयुक्त राज्य अमेरिकामा हुने १२४औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्।

उनी आजै साँझ त्यसतर्फ प्रस्थान गर्नेछन्। खेल टाउन कोर्समा हुनेछ। सदभाव युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने पहिलो नेपाली गल्फर हुन्।

१८ वर्षीय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो र फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष सहुलियत पाएका  छन्।
सदभावले छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन्। 

यसैगरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा  सहभागीता जनाउने छन्। 

अमेरिकन जुनियर गल्फ संघले सदभावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडास्थिति टीपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि सदभाव अमेरिका जान लागेका हुन्। 

सन २०२४ को जुनियर प्रेसिडेन्टस कप इन्टरनेशनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा पठाएको प्लेयर सर्भिस म्यानेजर सिडनी जोकिस्चले निमन्त्रणा पत्रमा उल्लेख छ। 

दुई प्रतियोगितामा सहभागीतासँगै अमेरिकामा विशेष प्रशिक्षण प्रमुख उद्देश्य हो। उनले विभिन्न दुई गल्फ क्लबमा प्रोफेसनल स्टेफन पर्यासँग दुई महिना विशेष प्रशिक्षण लिनेछन्। 

प्रशिक्षणका लागि मात्रै २० हजार डलर खर्च हुनेछ। कुल खर्च २८ हजार अमेरिकी डलर हुनेछ। 

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बङ्गलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। 

सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन। उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन। सदभावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन्।

सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३(२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि सङ्ख्या तीन पुर्याएका थिए। यो सिजन उनले ६ प्रतियोगितामा भाग लिए। जहाँ उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ वटा उपाधि नै जिते।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .