ad ad

खेल


खेलकुदमन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङ मि-रानबीच भेटवार्ता

खेलकुदमन्त्री श्रेष्ठ र दक्षिण कोरियाकी भाइस मिनिस्टर जाङ मि-रानबीच भेटवार्ता

नेपालखबर
असार १७, २०८१ सोमबार २१:२८, काठमाडौँ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयकी सेकेन्ड भाइस मिनिस्टर जाङ मि-रानबीच आज सिओलमा भेटवार्ता भएको छ।

भेटमा कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना आदान प्रदान गरिएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

त्यसक्रममा मन्त्री श्रेष्ठले नेपालको शैलुङमा बन्न लागेको हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको बारेमा जानकारी गराए। उनले उक्त हाइ अल्टिच्युट ट्रेनिङ सेन्टरको लागि नेपाल सरकारले बजेट छुट्टयाएको र प्राथमिकताकासाथ अगाडि बढाउने बताए।

सो अवसरमा भाइस मिनिस्टर मि–रानले सो सेन्टरको स्थलगत भ्रमण गर्ने प्रतिबद्धता जनाइन्।

भेटमा नेपाल र कोरियाको संस्कृतिको विषयमा पनि छलफल भएको थियो।

यसैगरी, युवाहरूका लागि नेपालमा मेडिटेसन सेन्टर निर्माणको विषयमा पनि सकारात्मक छलफल भएको बताइएको छ। मि–रान ओलम्पिक्सकी गोल्ड मेडलिस्ट भारोत्तोलन खेलाडी र चार पटककी विश्व विजेता पनि हुन्।

कोरिया सरकारको निमन्त्रणामा दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका मन्त्री श्रेष्ठले भोलि कोरियन स्पोर्ट्स एण्ड ओलम्पिक कमिटीका अध्यक्ष लि–की हुङ र वर्ल्ड तेक्वान्दो फेडरेसनका अध्यक्ष डा. चुङवोङ चावोसँग  भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .