ad ad

खेल


जारी विश्वकपमा विराट कोहलीले पूरा गरे पहिलो अर्धशतक

जारी विश्वकपमा विराट कोहलीले पूरा गरे पहिलो अर्धशतक

नेपालखबर
असार १५, २०८१ शनिबार २१:३४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत जारी फाइनल खेलमा भारतका ब्याटर विराट कोहलीले अर्धशतक पूरा गरेका छन्। 

दक्षिण अफ्रिकाविरुद्ध फाइनलमा उत्रिएको भारत वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरिरहेको छ। 

उनको यो अर्धशतक जारी विश्वकपकै पहिलो हो। कोहलीले ४८ बलमा ४ चौका र सहयोगमा अर्धशतक पूरा गरेका हुन्। 

वेस्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा टस जितेर ब्याटिङ गरिरहेको भारतले १८ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय ४२ रन बनाएर खेलिरहेको छ।

दोस्रो ओभरको चौथो बलमा कप्तान रोहित शर्मा ९ रन बनाउँदा केशव महाराजको बलमा क्याच आउट भए।

सोही ओभरको अन्तिम बलमा रिसभ पन्त महाराज कै बलमा शुन्य रनमा नै आउट भए। सुर्य कुमार यादव ३ रन बनाउँदा कागिसो रवाडाको बलमा क्याच आउट भए। 

दक्षिण अफ्रिकाका लागि केशव महाराजले २ विकेट लिए। कागिसो रवाडाले १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .