खेल


बार्सा र नापोलीले बराबरी खेल्दा बार्यनको शानदार जित, यस्ता छन् अवस्था

बार्सा र नापोलीले बराबरी खेल्दा बार्यनको शानदार जित, यस्ता छन् अवस्था

नेपालखबर
फागुन १४, २०७६ बुधबार ६:५०,

प्रि–क्वाटर फाइनलको पहिलो लेगमा नापोलीको घरेलु मैदानमा भएको खेलमा नापोलीका लागि ड्राइज मर्टेन्सले गोल गर्दा बार्साका लागि एन्टोनी ग्रिजम्यानले गोल गरे।

पहिलो लेग बराबरी खेले पनि बार्साले अवे गोल गरेका कारण अब दोस्रो लेगमा घरेलु मैदानमा बार्साले नापोलीसँग गोलरहित बराबरी खेलेको अवस्थामा पनि बार्सा ले नै खेल जित्नेछ।

नापोलीले बार्सालाई जित्न अब एक–शुन्य गोल अन्तरको जित निकाल्नै पर्ने अवस्था छ। मंगलबार रातिको खेलमा बार्साका सर्जियो बुस्केट्स, लियोनल मेस्सी र एन्टोनी ग्रिजम्यानले पहेँलो कार्ड पाएका छन्।

अर्को खेलमा पनि पहेँलो कार्ड पाएको अवस्थामा क्वाटर फाइनलको खेल यी खेलाडीले गुमाउने अवस्था छ। यस्तै मंगलबार राति आर्टुरो भिडालले रेडकार्ड पाएका थिए। नापोलीविरुद्धको अर्को खेलमा उनले खेल्न पाउने छैनन्।

यसैबीच मंगलबार राति नै भएको अर्को खेलमा जर्मन बुन्डेस लिगा च्याम्पियन बार्यन म्युनिखले चेल्सीमाथि ३–० को जित निकालेको छ। अवे मैदान मै बार्यनले चेल्सीमाथि ३ गोल गरेको हो।

अब दोस्रो लेगमा चेल्सीले बार्यनलाई जित्न ४–० को गोल निकाल्नै पर्ने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad