ad ad

खेल


भरतले पेरिस पारालिम्पिक खेल्ने

भरतले पेरिस पारालिम्पिक खेल्ने

नेपालखबर
असार ५, २०८१ बुधबार १७:५९, काठमाडौँ

पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक- २०२४ मा खेल्ने भएका छन्। भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ। विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागीता निश्चित भएको बताइएको हो।

भरतले पेरिस पारालिम्पिकमा के–४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन्। छनोट हुने भरत अन्तिम खेलाडी हुन्। वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागीता सुनिश्चित गरिसकेका थिए।

दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन्। भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ। उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागीता जनाएका थिए।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसंग चुकेका थिए। उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको १ औं स्थानमा पुगेका थिए। त्यसअघि उनी वरीयताविहीन थिए।

भियतनामा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए। पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए। भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन्। अहिले पनि भरत ५८ औं स्थानमा कायम छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .