ad ad

खेल


युरोकपमा आज जर्मनीको भेट हंगेरीसँग, अरु २ खेलमा कुन कुन टोली भिड्दै?

युरोकपमा आज जर्मनीको भेट हंगेरीसँग, अरु २ खेलमा कुन कुन टोली भिड्दै?

नेपालखबर
असार ५, २०८१ बुधबार १५:३३, काठमाडौँ

जर्मनीमा भइरहेको युरोकपमा आज ३ खेल हुँदै छन्। 

यसअनुसार ग्रुप बीमा रहेका क्रोएसिया र अल्बानियाबीच पहिलो खेल हुँदै छ। साँझ पौने ७ बजे हुने खेलमा अल्बानियाले बलियो क्रोएसियाको सामना गर्नेछ। 

त्यस्तै दोस्रो खेलमा आयोजक राष्ट्र जर्मनीले हंगेरीसँग पौने १० बजे खेल्दा तेस्रो खेल राति पौने १ बजे स्कटल्यान्ड र स्विट्जरल्यान्डबीच हुनेछ।

क्रोएसिया र अल्बानिया 
ग्रुप बीमा यी दुई टोली क्रमशः तेस्रो र चौथो स्थानमा हुँदा अंकविहीन छन्। त्यसैले आजको खेल दुवैका लागि महत्त्वपूर्ण हुनेछ। 

गोल अन्तरमा अल्बानिया –१ र क्रोएसिया –३ को स्थितिमा छन्। सोही ग्रुपमा रहेका स्पेन र इटली समान ३ अंकसहित पहिलो र दोस्रो स्थानमा छन्। ग्रुपका शीर्ष २ टोली मात्र अर्को चरणमा प्रवेश गर्ने हुँदा अल्बानिया र क्रोएसिया दुवैले जितका लागि खेल्ने अपेक्षा छ।

तालिमको क्रममा मिडफिल्डर निकोला भ्लासिक घाइते भएर प्रतियोगिता छोड्न बाध्य हुँदा क्रोएसियालाई क्षति पुगेको छ। सन् २०२० को युरोकपमा पनि पहिलो खेल इंग्ल्यान्डसँग हारेर सुरुवात गरेको थियो। 

यता तेस्रो स्थानमा रहेको अल्बानिया पनि सरप्राइज जितको खोजीमा छ। इटलीविरुद्ध २३ सेकेन्डमै गोल गरेको अल्बानिया पछि २–१ ले पराजित हुनपुगेको थियो। 

जर्मनी र हंगेरी 
ग्रुप एका यी दुई टोली एक आपसमा भिड्दा दुवै जितको खोजीमा हुनेछन्। पहिलो खेल जितेर ग्रुपमा जर्मनीले ३ अंक जोडेको छ भने हंगेरी अंकविहीन छ। जर्मनीविरुद्ध खरो उत्रेर ३ अंक जोड्ने ध्यानमा हंगेरी छ। 

जुलियन नाजेल्सम्यानको प्रशिक्षकत्वमा रहेको जर्मनी पहिलो खेलमा जस्तै जित निकाल्न चाहन्छ। पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको थियो। 

हंगेरीका व्यवस्थापक मार्को रोसी जर्मनीलाई बलियो टिमविरुद्धको खेल हुने ठान्छन्। स्विट्जरल्यान्डविरुद्ध ३–१ को हार भोगेकाले आफ्नो टिमले जर्मनीविरुद्ध उत्कृष्ट खेल पस्किने बताउँछन्। 

स्कटल्यान्ड र स्विट्जरल्यान्ड 
आजै स्कटल्यान्ड र स्विट्जरल्यान्ड पनि राति पौने १ बजे भिड्दै छन्। ग्रुप एको अन्तिममा रहेको स्कटल्यान्ड पहिलो जितको खोजीमा छ।

पहिलो खेल जर्मनीलाई सुम्पिँदा अर्को चरणमा पुग्ने आशाका लागि स्कटल्यान्डसामु आज जितको विकल्प छैन।

स्कटल्यान्डलाई गोल अन्तरको पनि दबाब छ। उता स्विट्जरल्यान्ड पहिलो जितपछि लगातार दोस्रो जितबाट थप ३ अंक जोड्न चाहन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .