ad ad

खेल


बंगलादेशविरुद्ध संकटमा नेपाल

बंगलादेशविरुद्ध संकटमा नेपाल

नेपालखबर
असार ३, २०८१ सोमबार ७:४७, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध सम्हालिन नसक्दा नेपाली टोली संकटमा आएको छ। 

सात ओभरको समाप्तीमा नेपालले ५ विकेट गुमाउँदा मात्र २६ रन बनाएको छ।  बंगलादेशको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन्। 

बंगलादेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ७ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ। 

बंगलादेशविरुद्ध उत्कृष्ट बलिङ गरेको नेपालले ब्याटिङमा भने सम्हालिन सकेन। बंगलादेशविरुद्ध गैर जिम्मेवारीपुर्ण ब्याटिङ गर्दा नेपालका चार ब्याटर क्याच आउट भए। 

नेपालले पाचौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमायो उनी १ रनमा क्याच आउट भए। 

छैटौँ ओभरको चौथो बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमायो। १४ बलमा ४ चौका मद्दतमा १७ रन बनाएका ओपनर आशिफ मुस्ताफिजुर रहमानको बलमा सकिब अल हसनको हातबाट क्याच आउट भए। पाचौँ ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेल १ रन बनाउँदा क्याच आउट भए। 

नेपालले तेस्रो ओभरमा लगातार दुई विकेट गुमाएको थियो। तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई ४ रनमा गुमाएको नेपालले चौथो बलमा अनिल शाहलाई गुमाएको हो। 

बंगालदेशका लागि तान्जिम हसन सकिब नेपालविरुद्द घातक बने। उनले आफ्नो स्पेलमा २ मेडन राख्दै मात्र ७ रन दिदा ४ विकेट लिए। मुस्ताफिजुर रहमानले एक विकेट लिए।

त्यसअघि वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको बंगलादेश ३ बल अगावै १ सय ६ रन बनाउँदा अलआउट भयो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .