ad ad

खेल


कप्तान पौडेललाई व्यक्तिगत दोस्रो विकेट

कप्तान पौडेललाई व्यक्तिगत दोस्रो विकेट

नेपालखबर
असार ३, २०८१ सोमबार ६:२१, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी टी-२० विश्वकपअन्तर्गत जारी खेलमा बंगलादेशविरुद्ध व्यक्तिगत दोस्रो विकेट लिएका छन्। 

कप्तान रोहितले १२औँ ओभरको चौथो बलमा सकिब हल हसनलाई १७ रन बनाउँदा एलबीडब्ल्यू धरापमा पारे।

यसअघि पाचौँ ओभरको चौथो बलमा कप्तान रोहित पौडेलले ९ रन बनाएका तोहिद हृदोयलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराउँदै नेपाललाई चौथो सफलता दिलाएका थिए। 

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले १२औँ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएर ६१ रन बनाएर खेलिरहेको छ। 

नेपालले इनिङ्सको पहिलो बलदेखि नै बंगलादेशलाई दबाबमा राखेको छ। नेपाली बलरहरु घातक बन्दा बंगलादेश संकटपूर्ण अवस्था आएको छ। सुपर ८ मा पुग्न नेपाललाई जित्नै पर्ने दबाबमा रहेको बगंलाी टोलीका ब्याटरहरु नेपाली बलरसामु लामो समय क्रिजमा टिक्न सकेका छैनन्। 

तीव्र गतिका बलर सोमपाल कामीले इनिङ्सको पहिलो बलमै विकेट लिँदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए। 

सोमपालले नै पाचौँ ओभरको तेस्रो बलमा लिटोन दासलाई १० रन बनाउँदा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै नेपाललाई तेस्रो सफलता दिलाए। 

अलराउन्डर दीपेन्द्रसिंह ऐरीले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई ४ रन बनाउँदा बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाए। 

मोहम्मदुल्लाह नवौँ ओभरको अन्तिम बलमा रन आउट भए। १३ रन बनाएका उनलाई सन्दीप लामिछानेको बलमा गुल्शन झाले रन आउट गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .