अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध दोस्रो ओभरमा विकेट लिएका छन्।
दीपेन्द्रले दोस्रो ओभरको तेस्रो बलमा बंगालदेशका कप्तान नाजमुल हुसैन सान्तोलाई बोल्ड आउट गर्दै नेपाललाई लगातार दोस्रो सफलता दिलाएका हुन्।
त्यसअघि तिव्र गतिका बलर सोमपाल कामीले इनिङस्को पहिलो बलमा नै विकेट लिदै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। बंगलादेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले दोस्रो ओभरको खेद जारी रहँदा २ विकेट गुमाएर ७ रन बनाएर खेलिरहेको छ।
57
Shares
प्रतिक्रिया