ad ad

खेल


इनिङ्सको पहिलो बलमा नै सोमपाललाई विकेट

इनिङ्सको पहिलो बलमा नै सोमपाललाई विकेट

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८१ सोमबार ५:२५, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत बंगलादेशविरुद्ध नेपाललार्ई पहिलो सफलता मिलेको छ। 

नेपालका सोमपाल कामीले इनिङ्सको पहिलो बलमा नै विकेट लिएका हुन्। बंगालदेशका ओपनर तान्जिद हसन रोयल डक आउट भए। 

वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टस्थित अर्नोस भाले स्टेडियममा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरिरहेको बंगलादेशले इनिङ्सको पहिलो बलमा नै विकेट गुमाएको हो।

आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध खेलिरहेको छ। 

दक्षिण अफ्रिकाविरुद्धको खेलबाट नेपाली टोलीमा एक परिवर्तन भएको छ। करण केसीको स्थानमा सन्दीप जोरा सुरुवाती ११ मा आएका छन्। 

पहिलो खेलमा नेदरल्यान्डस्सँग ६ विकेटले पराजित भएको नेपाल श्री लंकासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। 

समूह चरणको तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ रनले पराजित हुँदै विश्वकपबाट बाहिरिएको नेपाल आजको खेलमा जित निकाल्दै विश्वकपमा सुखद अन्त्य गर्ने योजनमा छ। 

उता बंगलादेशलाई भने सुपर ८ मा पुग्न जित्नै पर्ने दबाबमा छ। 


नेपालको सुरुवाती ११
कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरि, सोमपाल कामी, गुल्सन झा, सन्दीप जोरा, सन्दीप लामिछाने र अविनास बोहोरा
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .