आईसीसी टी-२० विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा जारी नेपाल र दक्षिण अफ्रिकाबीचको खेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि चाखपूर्वक हेरिरहेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा उनी राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ लगायतसँग बसेर टीभीमा खेल हेरिरहेका हुन्।
प्रधानमन्त्री राखेपका संरक्षक पनि हुन्।
यो खबर तयार पार्दासम्म दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपाललाई तेस्रो झड्का लागेको छ।
चौथो नम्बरमा ब्याटिङमा आएका अनिल शाह २७ रन बनाउँदा एडेन मक्रमको बलमा मार्को जानसेनको हातबाट क्याच आउट भए।
तेस्रो विकेटका लागि अनिल शाह र आशिफ शेखले ५० रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका छन्।
२४ बलमा ३ चौका र १ छक्का हानेका अनिल चौथो ओभरको चौथो बलमा आउट भए।
त्यसअघि नेपालले आठौँ ओभरमा लगातार दुई विकेट लिएको थियो।
ओपनर कुशल भुर्तेल १३ रन बनाउँदा बोल्ड आउट भए। कुशल आठौँ ओभरको दोस्रो बलमा तब्रिज साम्सीको बलमा बोल्ड आउट भए।
सोही ओभरको चौथो बलमा कप्तान रोहित पौडेल शून्य रनमै बोल्ड आउट भए।
दक्षिण अफ्रिकाले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालले १४ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।
Shares
प्रतिक्रिया