फिफा विश्वकप-२०२६ अन्तर्गतको छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको टोलीबाट मिडफिल्डर वसन्त जिम्बाको स्थानमा डिफेन्डर सनिश श्रेष्ठलाई टोलीमा राखेका छन्।
साउदी अरबको प्रिन्स मोहमद बिन फहद स्टेडियममा हुने खेल पौने १२ बजे सुरु हुनेछ।
पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपाली टोली आजको खेलमा सुखद नतिजाको आशामा छ।
विश्वकप छनोटको समूह एच मा रहेको नेपालले समुह चरणका पाँचै खेलमा हार भोगेको छ। नेपालले युएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो। बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो।
समुह एच मा रहेको नेपाल सबै खेलमा हार भोग्दै अंक तालिकाको पुछारमा छ। समान खेलबाट अपराजित रहेको युएई १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ। बहराइन १० अंकमा दोस्रो र यमन ४ अंकमा तेस्रो स्थानमा छ।
नेपालको सुरुवाती ११ः
गोलरक्षकः किरण कुमार लिम्बु
डिफेन्डरः सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विशाल बस्नेत, सौभाग्य राई
मिडफिल्डरः भरत खवास, लाकेन लिम्बु
फरवार्डः मनीष डाँगी, जिलेस्पीजंग कार्की, सञ्जीव विष्ट
Shares
प्रतिक्रिया