आईसीसी टी २० विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध भारतले पहिलो विकेट गुमाएको छ।
१ ओभरको खेल सकिँदा वर्षाका कारण रोकिएको खेल पुनः सुरु भएपछि भारतले एक विकेट गुमाएको छ।
भारतले दोस्रो ओभरको तेस्रो बलमा नै विराट कोहलीलाई गुमाएको हो। विराट ४ रन बनाउँदा नसिम शाहको बलमा उस्मान खानको हातबाट क्याच आउट भए।
क्रिजमा रोहित शर्मा र ऋषभ पन्त छन्।
न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल स्टेडियममा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले २ ओभरमा १ विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ।
समूह ए मा रहेको भारत लगातार दोस्रो जितको खोजीमा छ। पाकिस्तानलाई भने सुपर ८ पुग्न जित्ने पर्ने दबाबमा छ।
432
Shares

प्रतिक्रिया