ad ad

खेल


टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लब जब च्याम्पियन बने (तस्बिरहरू)

टिपटप हेल्प नेपाल र नेपाल पुलिस क्लब जब च्याम्पियन बने (तस्बिरहरू)

सरोज नेपाल
जेठ २६, २०८१ शनिबार २१:५१, काठमाडौँ

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन्। 

शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई हराउँदै पुरुषतर्फ हेल्प नेपाल र  तीन विदेशी खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि उचालेका हुन्। 

शनिबार भएको फाइनल खेलबाट च्याम्पियन बनेसँगै दुवै टिमले ८/८ लाख नगद पुरस्कार भएका छन्। 

दोस्रो भएको गण्डकी र एभरेष्टले भने ४/४ लाख रुपैयाँ हात पारेको छ। 

त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलको उपाधि उचालेसँगै खेलाडीहरू भावुक बनेका थिए। 

हेल्प नेपालले गण्डकीलाई २५–२२,२०–२५,२५–० र २५–२० ले हरायो भने पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५,२०–२५ पाँचौ तथा अन्तिम सेट १५–१२ ले आफ्नो पक्षमा पार्दै लिगको उपाधि हात पारेको हो। 

त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाए।

दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

महिलातर्फ
सर्वाेत्कृष्ट – उषा भण्डारी (पुलिस)
स्पाइकर – केपी अनुश्री (एभरेस्ट)
सेटर – कमला पुन (पुलिस)
सर्भर – निरुता ठगुन्ना (एपिएफ)
ब्लकर – सुर्या (एभरेस्ट)
लिबेरो – शान्तिकला तामाङ (पुलिस)
प्रशिक्षक – रुपेश कुमार विष्ट (पुलिस)

पुरुषतर्फ
सर्वाेत्कृष्ट – मुवासर राजा वाटो (हेल्प नेपाल)
स्पाइकर – सन्तोष (गण्डकी)
सेटर – अदनान खान (हेल्प नेपाल)
सर्भर – रमन कुमार (गण्डकी)
ब्लकर – सफल विक (पुलिस)
लिबेरो – टोप बहादुर थापा ‘दीपक’ (हेल्प नेपाल)
प्रशिक्षक – उत्सव खड्का (हेल्प नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .