ad ad

खेल


टी–२० विश्वकप : नेपालले गुमायो दोस्रो विकेट

टी–२० विश्वकप : नेपालले गुमायो दोस्रो विकेट

फाइल तस्बिर


नेपालखबर
जेठ २२, २०८१ मंगलबार २२:४, काठमाडौँ

आईसीसी टी–२० विश्वकप अन्तर्गत नेदरल्यान्डस्विरुद्धको नेपालले दोस्रो विकेट गुमाएको छ। 

नेदरल्यान्डस्विरुद्ध नेपालले दोस्रो विकेटको रुपमा नेपालले अर्का ओपनर कुशल भुर्तेललाई गुमाएको हो। 

ओपनर कुशल ७ रन बनाउँदा भान विकको बलका एलबीडब्लु धरापमा परे। योसँगै नेपालले दुवै ओपनरलाई गुमाएको छ। 

त्यसअघि दोस्रो ओभरको अन्तिम बलमा नेपालले ओपनर आशिफ शेखलाई गुमाएको थियो। आशिफ ४ रन बनाउँदा टिम प्रिङग्लेको बलमा भिभियन किंग्माको हातबाट क्याच आउट भए। 

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेदरल्यान्डस्ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले चौथो ओभरको खेल जारी रहँदा २ विकेट गुमाएर १५ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा अनिल शाह ४ रनमा अविजित छन्। क्रिजमा अहिले कप्तान रोहित पौडेल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .