ad ad

खेल


खेलकुद संघहरूलाई मन्त्री श्रेष्ठको चेतावनी : तत्काल वार्षिक क्यालेन्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

खेलकुद संघहरूलाई मन्त्री श्रेष्ठको चेतावनी : तत्काल वार्षिक क्यालेन्डर नबनाए अप्रिय निर्णय लिनुपर्छ

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:१८, काठमाडौँ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद संघहरूलाई तत्काल क्यालेण्डर बनाएर काम गर्न निर्देशन दिएका छन्।

आईतवार काठमाडौंमा विभिन्न खेलकुद संघहरूको वार्षिक क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले वार्षिक क्यालेन्डर सार्वजनिक नगर्ने संघहरूलाई तत्काल क्यालेन्डर बनाएर सार्वजनिक गर्न र क्यालेण्डर नबनाए अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी दिए।

उनले खेलकुद संघहरूले खेलहरू नै नगर्ने हो भने जनाइमा साँचो झुन्ड्याएझैँ झुन्डिरहन आवश्यक नरहेको पनि स्पष्ट पारे। उनले खेलकुदलाई कुनै संघ बन्धक बनाएर राख्न नहुने बताए।

उनले भने, ‘यो संघहरूको पनि २७ हुँदै ४१ को संख्यामा आयो भन्ने छ। जुन संघहरूले आफ्नो कार्यक्रम दिँदैन त्योप्रति हाम्रो गम्भीर ध्यानाकर्षण छ। त्यो संघले कार्यक्रम नगर्ने हो भने म अहिले नै सतर्क गर्न चाहन्छु। अप्रिय निर्णय लिनुपर्ने हुन्छ। ऐनले भनेका कुरा र संघ मात्र ओगटेर कार्यक्रम नै नगर्ने संघ चाहिएन। भार किन बनेर बस्ने?’

फरक प्रसंगमा मन्त्री श्रेष्ठले टुँडिखेलमा आज नेपाल र नेदरल्यान्डबीचको आईसीसी टी २० विश्वकप खेल देखाइने भएकाले सबैले जिम्मेवार भएर खेल हेर्न आग्रह गरे।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि लैजानका लागि घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति रहेको बताए। उनले सबै मिलेर मात्रै नेपाली खेल क्षेत्रलाई माथि लैजान सकिने बताए।

उनले भने, ‘हामीले नेपाली खेलकुदलाई घोषित कार्यक्रम पूरा गर्न साँच्चिकै चुनौति छ। यो कसको दायित्व हो। यो मेरो मम भन्ने स्थिति आउनुपर्छ। राष्ट्रिय संघहरूले मम भन्नुपर्छ। राष्ट्रिय खेलकुद परिषद्का विभिन्न शाखाहरूले मम भन्नुपर्छ। सबैले सामुहिक रुपले अपनत्व लिनुपर्ने स्थितिमा आइसकेका छौँ।’

उनले खेलकुदलाई व्यवस्थित बनाएर लैजान सबै लाग्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .