ad ad

खेल


प्रधानमन्त्री कप भलिबल : सेमिफाइनल दौडबाट बाहिरियो एपीएफ

प्रधानमन्त्री कप भलिबल : सेमिफाइनल दौडबाट बाहिरियो एपीएफ

सबै तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २२, २०८१ मंगलबार १८:२४, काठमाडौँ

लगातार चौथो खेलमा हार भोग्दै एपीएफ क्लब काठमाडौमा जारी आठौँ प्रधानमन्त्री कप महिला पुरुष भलिबल लिगको सेमिफाइनल दौडबाट बाहिरिएको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपालसँग सोझो सेटमा पराजित भएसँगै सेमिफाइनल दौडबाट बाहिरिएको हो। 

हेल्प नेपालसँग एपीएफ २५–१६, २६–२४ र २५–२२ ले पराजित भयो। अंक तालिकामा हेल्प नेपालले १२ अंक जोड्दा एपीएफले १ अंक मात्र बनाएको छ। हेल्प नेपाल, आर्मी र गण्डकी प्रदेशको समान १२ अंक छ। पुलिस क्लबको ११ अंक छ। 

लगातार चौथो जितसँगै हेल्प नेपाल त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले भने अन्तिम चारको सम्भावना बलियो बनाएका छन्। 

लिगमा लगातार चौथो हार भोगेको एपीएफ, सुदूरपश्चिम, कोशी प्रदेश र बूढानीलकण्ठको भने सेमिफाइनल सम्भावना लगभग सकिएको छ।

मंगलबार पुरुषतर्फका चार खेल सम्पन्न भएका छन्। अर्को खेलमा आर्मीले सुदुरपश्चिमलाई सोझो सेटमा हरायो। 

आर्मीले सुदूरपश्चिमलाई २५–२२,२५–१५ र २५–२२,२५–२२ ले पराजित भयो। नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई २५–१६, २५–१५ र २५–२२ ले तथा गण्डकीले बूढानीलकण्ठलाई ३–१ को सेटमा हरायो। 

गण्डकीले बूढानीलकण्ठविरुद्ध २५–१४,२२–२५,२५–१८ र २५–२२ ले जित निकाल्यो। 

लिगमा आजै महिलातर्फका तीन खेल हुनेछन्। महिलातर्फको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबले चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबलाई सोझो सेटमा नै पराजित गर्यो। 

एभरेष्टले न्यु डायमन्डमाथि २५–२१, २५–१९ र २५–१८ को सहज जित हात पारेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .