ad ad

खेल


आईसीसी टी–२० विश्वकप: उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

आईसीसी टी–२० विश्वकप: उद्घाटन खेलमा अमेरिका र क्यानडा भिड्दै

नेपालखबर
जेठ २०, २०८१ आइतबार ६:४३, काठमाडौँ

आईसीसी टी–२० विश्वकप आजबाट अमेरिकामा शुरु हुँदैछ। वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता एक महिनासम्म चल्नेछ। खेल नेपाली समय अनुसार उद्घाटन खेल सवा ६ बजे डलासमा सुरु भएकाे छ। 

आईसीसी टी–२० विश्वकपको उद्घाटन खेलमा आयोजक संयुक्त राज्य अमेरिका र क्यानडा भिड्दैछन्। 

विश्वकपमा अमेरिकाविरुद्ध क्यानडाले पहिले ब्याटिङ सुरु गरेकाे छ। 

टेक्ससको डलासस्थित ग्रान्ड प्रेरी स्टेडिययमा घरेलु टोली अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले ब्याटिङ सुरु गरेकाे छ। 

अमेरिका र क्यानडा दुवै टोलीले विश्वकपका डेब्यु गरेका हुन्। 

अमेरिका आयोजक राष्ट्रको हैसियतमा विश्वकपमा छनोट भएको हो। उता क्यानडा भने अमेरिकी छनोटबाट विश्वकपमा पुगेको हो। 

अमेरिकाले पहिलो पटक आईसीसीको ठूलो प्रतियोगिता आयोजना गरेको हो। 

वेष्ट इण्डिजले भने यसअघि सन् २००७ मा ५० ओभरको विश्वकप र सन् २०१० मा टी–२० विश्वकपको आयोजना गरिसकेको छ। 

यस्तै दुई महिला टी–२० विश्वकपको आयोजना पनि वेष्ट इण्डिजले आयोजना गरिसकेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .