ad ad

खेल


त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटका लागि १४ महिनामा चौथो पटक टेन्डर आह्वान हुँदै

त्रिवि क्रिकेट मैदानमा फ्लड लाइटका लागि १४ महिनामा चौथो पटक टेन्डर आह्वान हुँदै

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८१ बिहिबार १५:५३, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडानका लागि चौथो पटक टेन्डर आह्वान हुँदै छ। 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी २७ गते आइतबार फ्लडलाइटका लागि पुनः टेन्डर आह्वान गर्न लागेको हो। 

यसअघि तीन पटक टेन्डर आह्वान भए पनि टेन्डरकर्ताले आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा प्रक्रिया अघि बढ्न नसकेको राखेपका सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। 

पहिला डकुमेन्ट पूरा नभएको, पीपीआरसीको निर्णय, अदालतसम्म कुरा पुग्दा टेन्डर प्रक्रिया पूरा नभएको उनले बताए। 

‘मूल्यांकन कमिटीको आफ्नो क्राइटएरिया पूरा नहुँदा टेन्डर स्वीकृत गर्ने कुरा भएन, टेन्डर प्रक्रिया पुग्दा नियम कानुनलाई सबैले आफ्नो अनुमान लगाउँछन्। अब चौथो पटकमा भने विषय टुंगिन्छ होला’, उनले भने।  

फ्लड लाइटका लागि पहिलो पटक टेन्डर आह्वान गर्दा ५ कम्पनीको टेन्डर परेको थियो। दोस्रो पटकमा ४ र तेस्रो पटकमा तीन कम्पनीले मात्र टेन्डर हालेका थिए। 
यी तीनै पटक जेभी कम्पनीले मात्र टेन्डर हालेको थियो। केही कम्पनी दोहोरिँदा नयाँ कम्पनी पनि फ्लडलाइटका लागि इच्छुक देखिएका थिए। 

गत भदौसम्म राखेपले ३ पटक टेन्डर आह्वान गरेको थियो। त्यसपछि एक पटक टेन्डर आह्वान गर्यो। तर कुनै पनि कम्पनीले आवश्यक प्रक्रिया पूरा गर्न नसकेको राखेपले जनाएको छ। राखेपले भ्याटबाहेक २८ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको थियो।

२०७९ को चैत ३ गते प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिवि मैदानमा तत्काल फ्लड लाइट र स्कोर बोर्ड राख्न निर्देशन दिएका थिए। त्यसका लागि बजेट विनियोजन पनि भएको थियो। तर टेन्डर प्रक्रिया नमिल्दा काम अघि बढ्न सकेन। 

सरकारले आगामी आर्थिक वर्षमा फ्लड लाइटका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .