ad ad

कारोबार


एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १६:११, काठमाडौँ

यसपाली टी२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिँदैछ।

नेपाली क्रिकेट टिम केही समय देखि क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ र यसपाली  नेपाली टिमले टी२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ।

नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरू घरमै बसी बसी हेर्न अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले एलजी टीभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्नेछन्।

योजना अनुसार कुनै पनि एलजी टीभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र रु.१ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ। साथै एलजी ओलेड टीभी वा ८६ इन्चको टीभी खरिदमा एलजी साउन्डबार एसएन फोर उपहार सित्तैमा पाइनेछ।

कम्पनीका अनुसार ३२ इन्चदेखि ८६ इन्च साइजसम्ममा उपलब्ध एलजीका टीभीहरू ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन्।

एलजीका क्युनेड टीभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टीभीहरूमा ३ वर्षको फुल वारेन्टी रहेको छ। र कुनै पनि एलजी टीभीको खरिदमा रु१ लाखको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ।

ग्राहकले यो बीमा मार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ती दाबी गर्न सक्नेछन्।

यसका साथसाथै शून्य ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ।

यो योजना जेठ १७ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधीको लागि लागू गरिएको छ। नेपाल अधिराज्यभर एलजी ब्राण्डको आधिकारिक बिबक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .