ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबल लिगको तालिका सार्वजनिक (सूचीसहित)

प्रधानमन्त्री कप एनभीए भलिबल लिगको तालिका सार्वजनिक (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
जेठ १६, २०८१ बुधबार १३:२२, काठमाडौँ

प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको उद्घाटन खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब र बूढानीलकण्ठ भलिबल क्लब खेल्ने भएका छन्।

नेपाल भलिबल संघले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो दिन शनिबार पुरुषतर्फ चार र महिलातर्फ २ खेल हुनेछन्। 

सेमिफाइनलअघि हरेक दिन ६ खेल हुनेछन्।

लिग चरणमा पुरुषतर्फ ४ र महिलातर्फ दुई खेल हुने संघले जानकारी दिएको छ।

लिगको महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्। 

लिग यही जेठ १९ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गर्नेछन्। लिगमा सहभागी टोलीले ३ विदेशी खेलाडी राख्न पाउनेछन्। 

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्ट्स् काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लबले स्पर्धा गर्नेछन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

हेर्नुहोस् खेल तालिका-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .