ad ad

खेल


खेलकुदको बजेट बढ्यो, आगामी आर्थिक वर्षमा ८० राष्ट्रिय खेलकुद प्रतियोगिता

खेलकुदको बजेट बढ्यो, आगामी आर्थिक वर्षमा ८० राष्ट्रिय खेलकुद प्रतियोगिता

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:३३, काठमाडौँ

सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसदमा पेश गरेको बजेटमा खेलकुद पुर्वाधारतर्फ १ अर्ब ३० करोड विनियोजन गरेको घोषणा गरेका हुन्।

गत आर्थिक वर्षको तुलनामा ६२ करोड ४१ लाखले वृद्धि भएको हो।

ओलम्पिक र एसियाली खेलकुदमा सहभागिताका लागि राष्ट्रिय तयारी टोली निमार्ण गरिने बजेट वक्तव्यमा उल्लेख छ।

खेल क्षेत्रमा महिला सहभागिता बढाउने, अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा ल्याउने खेलाडीलाई प्रोत्साहन गरिनेछ। यस्तै इस्पोर्टस्को अन्तराष्ट्रि प्रतियोगिता आयोजना गर्ने,
आगामी आर्थिक वर्षमा ८० राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ।

सरकारले १० औँ खेलकुदका लागि ६० करोड विनियोजन गरेको छ।

मुलपानी क्रिकेट मैदान र विराटनगरको गिरीजाप्रसाद कोईराला रगंशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा निमार्ण गर्ने।

भरतपुरको रगंशाला कीर्तिपुरको रंगशाला, र फप्ला रगंशालाको स्तरोन्नती गर्ने बजेटमा समेटिएको छ।

सरकारले गत आर्थिक वर्षका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याएको थियो।

यस्तो छ युवा तथा खेलकुद मन्त्रालयको बजेट
१) युवाको क्षमता अभिवृद्धि गरी अन्तरनिहित प्रतिभा सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा  उपयोग गर्न राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम सञ्‍चालन गरिनेछ। यस कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट अध्ययन सम्पन्न गरी कामको खोजीमा रहेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन, निर्माण क्षेत्र लगायतमा कार्यस्थल तालीम प्रदान गरी कम्तिमा एक लाख युवालाई रोजगारी सुनिश्चित गरिनेछ। यस कार्यक्रमका लागि रु। ३ अर्ब विनियोजन गरेको छु।

२) स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसीप प्रदान गरिनेछ। फेलोसीप प्रदान गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गरिनेछ। युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याइनेछ।

३) सबैका लागि खेलकुदको अवसर सिर्जना गरिनेछ। खेल क्षेत्रमा महिला सहभागिता बढाइनेछ। खेलकुदका आधारभूत तालीम विस्तार गरिनेछ।  ओलम्पिक र एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय टिम तयार गरिनेछ। खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहन गरिनेछ।

४) आगामी आर्थिक वर्ष राष्ट्रियस्तरका ८० खेलकुद प्रतियोगिता आयोजना गरिनेछ। नेपालको मौलिक एवं परम्परागत बाघचाल, डण्डिबियो, घोडचढी जस्ता खेललाई प्रवर्द्धन गरिनेछ। आधुनिक प्रविधिसँग जोडिएको ई(स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा आयोजना गर्न रु. ६० करोड विनियोजन गरेको छु।

५) काठमाडौंको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवका आयोजनाको रूपमा निर्माण गरिनेछ।  भरतपुरमा निर्माणाधीन गौतम बुद्ध रङ्गशाला संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अगाडि बढाइनेछ। कीर्तिपूर क्रिकेट रंगशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रंगशाला निर्माणलाई तीव्रता दिइनेछ।खेल पूर्वाधार तर्फ रु। १ अर्ब ३० करोड विनियोजन गरेको छु।

६) शिक्षकलाई खेलकुदको तालीम दिई विद्यालयमा खेलकुद प्रवर्द्धन गरिनेछ। बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्‍चालन गर्ने र प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइनेछ।

७) खेलकुद क्षेत्रको पूर्वाधार निर्माण, सञ्‍चालन र व्यवस्थापनमा निजी क्षेत्रको संलग्नता बढाई खेलकुद अर्थतन्त्रको विकास गरिनेछ। निजी संघ(संस्था तथा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमलाई खेलकुद क्षेत्रसँग आवद्ध गर्दै लगिनेछ।

युवा तथा खेलकुद मन्त्रालयको लागि रु ३ अर्ब ५० करोड विनियोजन गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .