ad ad

खेल


बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपको निलम्बन फुकुवा गर्दै क्यान

बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपको निलम्बन फुकुवा गर्दै क्यान

नेपालखबर
जेठ २, २०८१ बुधबार १८:१८, काठमाडौँ

बलात्कार मुद्दामा सफाइ पाएसँगै लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप खेल्न जाने सम्भावना उच्च रहेको छ। 

बुधबार उच्च अदालत पाटनले सन्दीपलाई सफाइ दिएसँगै उनी विश्वकप खेल्न जाने सम्भावना उच्च बनेको हो। यसका लागि सबैभन्दा पहिले नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको निलम्बन फुकुवा गर्नुपर्नेछ। 

त्यसका लागि क्यानले काठमाडौँमा उपलब्ध सदस्यसँगै बाहिर रहेका सदस्यसँग जुममार्फत छलफल गरेर भए पनि उनको निलम्बन फुकुवा गर्ने तयारी गरेको क्यानका पदाधिकारीले बताएका छन्। 

क्यानका उपाध्यक्ष रोशन श्रेष्ठले भने, ‘हाम्रो गुप्रमा यसबारेमा छलफल भइरहेको छ, आज भोलि नै उनको निलम्बन फुकुवा गरेर उनलाई विश्वकप खेल्न जाने वातावरण तयार पारिन्छ।’ 

क्यानका केन्द्रीय सदस्य दुर्गाराज पाठकले सन्दीप विश्वकप खेल्न जानेबारे कुराकानी भइरहेको र बोर्ड बैठक बसेर निर्णय गर्ने बताए।  

उनले भने, ‘सन्दीपले सफाइ पाएपछि आज साँझसम्म नै केही स्टेटमेन्ट निकाल्छौँ। अहिले उनी क्यानको निलम्बनमा छन्, यसका पाटाहरुबारे आज साँझ छलफल गरेर निर्णय गर्छौँ।’ 

उनले आवश्यक प्रक्रिया पूरा गरेर खेलाउने वातावरण तयार पार्ने उनको भनाइ छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .