ad ad

खेल


स्यान्टु श्रेष्ठ बने ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी, पेरिसमा खेल्ने

स्यान्टु श्रेष्ठ बने ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी, पेरिसमा खेल्ने

नेपालखबर
जेठ २, २०८१ बुधबार १७:३१, काठमाडौँ

नेपालका स्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ मा स्थान बनाएका छन्।

बुधबार भएकाे दक्षिण एसियाली छनोटकाे फाइनलमा स्यान्टुले नेपालकै संयाेग कपालीलाई ४-३ काे सेटमा पराजित गर्दै ओलम्पिकमा स्थान पक्का गरेका हुन्।

पहिलाे सेटमा ११-७ ले जित निकालेका स्यान्टुले दाेस्राे सेट भने ८-११ ले गुमाउन पुगे। स्यान्टुले संयाेगलाई  ११-७,८-११,११-७,११-६,८-११, ८-११, ११-९ ले पराजित गरे।

याेसँगै नेपाली इतिहासमै ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन्। 

यसअघि नेपालबाट तेक्वान्दोका संगिना वैद्य र दीपक विष्ट मात्र सिधै ओलम्पिकमा छनोट भएका थिए। 

संयोग र स्यान्टु दुवैले श्रीलंकाका खेलाडीलाई हराउँदै अन्तिम दुईको‌ यात्रा तय गरेका थिए। 

संयोगले जयशंका डि सिल्भालाई ४-० को सेटमा र स्यान्टुले चामेरा गिनिगीलाई ४-२ को सेटमा हराएका थिए। 

पहिलो र तेस्रो सेटमा कडा चुनौती सामना गरेका संयोगले १३-११,११-७,१२-१०,११-७ ले खेल आफ्नो पक्षमा पारेका थिए। 

स्यान्टुले कडा चुनौतीका बीचमा खेल ११-७, ११-९, ६-११, ८-११, ११-३, ११-८, ८-११ ले जितेका थिए।

महिलातर्फ भने माल्दिभ्सकी फातिमाथ अलीले ४-१ ले श्रीलंकाकी विमाण्डे वन्दरालाई पराजित गर्दे पेरिस ओलम्पिकमा स्थान बनाइन्। 

यसअघि ब्याडमिन्टनका प्रिन्स दाहालले पेरिस ओलम्पिक खेल्ने पक्का भएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .