ad ad

कारोबार


ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग

ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग

नेपालखबर
जेठ २, २०८१ बुधबार १७:४१, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेर जलविद्युत लगायतका ऊर्जा आयोजनाको लागि छुट्टै 'ऊर्जा सुरक्षा नीति' बनाउन माग गरेको छ।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानको लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागू गर्न माग गरेका हुन्।

कार्कीले प्रसारणलाइन निर्माणको अवरोधले जलविद्युत आयोजनाहरु प्रतक्षरुपमा प्रभावित भइरहेको भन्दै प्रसारणलाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।

भेटमा उपप्रधान एवं गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिवद्ध रहेको बताए ।

मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ती र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधै सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे ।

गृह मन्त्रालयमा भएको उक्त भेटमा इप्पान अध्यक्ष गणेश कार्की सहित उपाध्यक्ष राम प्रसाद आचार्य र महासचिव बलराम खतिवडा सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .