खेल


टी–२० सिरिज : वेस्ट इन्डिजसँग नेपाल पराजित

टी–२० सिरिज : वेस्ट इन्डिजसँग नेपाल पराजित

तस्बिर : सरोज नेपाल


लक्ष्मी जि.सी
बैशाख १६, २०८१ आइतबार १५:५२, काठमाडौँ

वेस्ट इन्डिजविरुद्धको पाँच सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ। 

आइतबार भएको सिरिजको दोस्रो खेलमा नेपाल १० रनले पराजित भएसँगै वेष्ट इण्डिजले सिरिज १–१ को बराबरीमा ल्याएको छ। 

नेपालले पहिलो खेलमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। सिरिजको तेस्रो खेल मंगलबार हुनेछ।

वेस्ट इन्डिजले लिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रनमात्र बनाउन सक्यो। 

नेपालका लागि कप्तान रोहित पौडेल ७१ रनमा नटआउट रहे। उनले ४८ बलमा ६ चौका र २ छक्का हाने। सागर ढकाल शून्य रनमा नटआउट रहे। 

गुल्सन झा २६ रन बनाउँदा बोल्ड आउट भए। ११ बलमा ३ चौका र २ छक्का हानेका गुल्सन कप्तान रोष्टन चेसको बलका बोल्ड आउट भए। आशिफ शेख १२ रन बनाउँदा क्याच आउट भए। 

लोकेश बम १७ रनमा बोल्ड आउट भए। लोकेश चौथो ओभरको पहिलो बलमा ओबेडको बलमा मांसपेशीमा समस्या आएपछि १७ रन बनाउँदा रिटार्यट हर्ट भएका थिए। १२ बलमा १ चौका र २ छक्का हानेका थिए। पछि मैदान फर्केका लोेकेश चौथो ओभरको पाँचौ बलमा मैदान फर्केका थिए। 

तर सोही स्कोरमा नै उनी गुणाकेश मोतीको बलमा बोल्ड हुँदै पेभेलियन फर्के। 

आकाश चन्द ७ रनमा रन आउट भए। ओपनर कुशल भुर्तेल २ र अनिल शाह १ रनमा आउट भए। कुशल मल्ल शुन्य रनमा नै रन रनउट भए। दिपेन्द्र सिंह ऐरि ३ क्याच आउट भए। सोमपाल कामी ३ रनमा नै रन आउट भए। 

सोही ओभरको चौथो बलमा ओपनर कुशल भुर्तेल २ रन बनाउँदा क्याच आउट भए। अहिले क्रिजमा कप्तान रोहित पौडेल र अनिल शाह छन्। पाच ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २१ रन बनाएर खेलिरहेको छ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रनको योगफल तयार पारेको थियो। 

वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले बनाएको ४३ रन नै सर्वाधिक रह्यो। ३६ बलमा ३ छक्का हानेका फ्लेचर दिपेन्द्र सिंह ऐरिको बलमा लोकेश बमको हातबाट क्याच आउट भए। 

कप्तान रोष्टन चेस २३ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए। ओपनर जोनसन आल्र्स ११ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड आउट भए। अर्का ओपनर एलिस अथानाजे ६ रन बनाउँदा सागर कै बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। 

केसी कार्टी १० रन बनाउँदा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

८ रन बनाएका किम पल सोमपाल कामीको बलमा बोल्ड आउट भए। हेडन वाल्स ९ रन बनाउँदा रन आउट भए। 

म्याथु फर्ड ११ र गुणाकेश मोती ३३ रनमा नटआउट रहे। 

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २ विकेट लिए। सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिकले एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .