खेल


वेस्ट इन्डिजले नेपाललाई दियो १ सय ६१ रनको लक्ष्य

वेस्ट इन्डिजले नेपाललाई दियो १ सय ६१ रनको लक्ष्य

तस्बिर : सरोज नेपाल


नेपालखबर
बैशाख १६, २०८१ आइतबार १३:५१, काठमाडौँ

नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले दोस्रो टी२० सिरिजमा जितका लागि घरेलु टोली नेपालसामु १ सय ६१ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रनको योगफल तयार पारेको हो। 

वेष्ट इण्डिजका आन्द्रे फ्लेचरले बनाएको ४३ रन नै सर्वाधिक रह्यो। ३६ बलमा ३ छक्का हानेका फ्लेचर दिपेन्द्र सिंह ऐरिको बलमा लोकेश बमको हातबाट क्याच आउट भए। 

कप्तान रोष्टन चेस २३ रन बनाउँदा कुशल भुर्तेलको बलमा बोल्ड आउट भए। ओपनर जोनसन आल्र्स ११ रन बनाउँदा सागर ढकालको बलमा बोल्ड आउट भए। अर्का ओपनर एलिस अथानाजे ६ रन बनाउँदा सागर कै बलमा कुशल मल्लको हातबाट क्याच आउट भए। 

केसी कार्टी १० रन बनाउँदा कुशल भुर्तेलको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए। 

८ रन बनाएका किम पल सोमपाल कामीको बलमा बोल्ड आउट भए। हेडन वाल्स ९ रन बनाउादा रन आउट भए। 

म्याथु फर्ड ११ र गुणाकेश मोती ३३ रनमा नटआउट रहे। 

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले समान २ विकेट लिए। सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिकले एक विकेट लिए। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .