खेल


वेस्ट इण्डिजविरुद्ध रोहित पौडेलले पूरा गरे अर्धशतक

वेस्ट इण्डिजविरुद्ध रोहित पौडेलले पूरा गरे अर्धशतक

नेपालखबर
बैशाख १५, २०८१ शनिबार १५:११, काठमाडौँ

वेस्ट इण्डिजविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

रोहितले ११ औँ ओभरको दोस्रो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। रोहितले २७ बलमा ६ चौका र २ छक्का मद्दतमा अर्धशतक हानेका हुन्। टोलीका लागि रोहितको यो सातौँ अर्धशतक हो। 

वेष्ट इण्डिजले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरको सामाप्तीमा ३ विकेटको क्षतिमा ९६ रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल १६ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल १६ रनमा रनआउट भए। अर्का अ‍ोपनर अनिल शाह ५ रन बनाउँदा क्याच आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .