ad ad

खेल


सी डिभिजन लिग : आरसी ३२ को विजयी सुरुवात

सी डिभिजन लिग : आरसी ३२ को विजयी सुरुवात

नेपालखबर
चैत २२, २०८० बिहिबार २०:५४, काठमाडौँ

शहिद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ।

बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा आरसी ३२ ले खालीबारी युथ क्लबलाई १–० ले पराजित गरेको हो।

आरसी ३२ का लागि बबिन बोहोराले गरेको गोल नै निर्णायक बन्यो।

खेलको २२ औँ मिनेटमा टिप्सन राईको क्रसमा बबिनले बललाई पोष्टको जाली चुमाएका थिए।

खेलमा आरसी ३२ ले गोल गर्ने थुप्रै अवसर सृजना गरेपनि सफल हुन सकेन।

खेलको ८५ औँ मिनेटमा खालीबारीले पेनाल्टी गोलमार्फत बराबरी गर्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन। मनिष गुरुङलाई सुमन मगरले फाउल गरेपछि खालीबारीले पेनाल्टी अवसर पाएको थियो।

तर रोनल राइको पेनाल्टी प्रहार पोष्टको गति लिन नसक्दा बराबरीको सुन्दर मौका गुमायो।

लिगमा भोलि शुक्रबार २ खेल हुनेछ।

पहिलो खेलमा सानेपा क्लब र बागमती युथ क्लब खेल्नेछन्। सो खेल दिउँसो १ बजे सुरु हुनेछ।

दोस्रो खेलमा रानीवन स्पोट्र्स क्लान र महावीर स्टडिज एण्ड एथ्लेटिक्स एसोसिएसन खेल्ने तालिका छ। सो खेल अपरान्ह सवा ४ बजे सुरु हुनेछ।

लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। फेयर प्ले टोलीले ५० हजार रुपैयाँ पाउनेछन्।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले जनही ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .