ad ad

खेल


प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशका १५ सय ४७ खेलाडी सहभागी हुने

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सातै प्रदेशका १५ सय ४७ खेलाडी सहभागी हुने

फाइल फोटो


नेपालखबर
चैत २२, २०८० बिहिबार १६:४६, हेटाैँडा

प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ। बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको हो।

प्रधानमन्त्री प्रचण्डद्वारा हुने प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ। पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ। पुरुष फुटबल हेटौंडास्थित गौरीटार रंगशालामा हुनेछ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले खेलाडीलाई बस्ने खाने सुविधाका साथै दैनिक भत्ताको व्यवस्था गरिएको जानकारी दिए।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .