ad ad

खेल


दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि (तस्बिर)

दीपक र सन्तोषीले जिते राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि (तस्बिर)

तस्बिर: सरोज नेपाल


सरोज नेपाल
चैत १०, २०८० शनिबार १२:५१, काठमाडौँ

काठमाडौँस्थित दशरथ रंगशालामा शनिबार आयोजित ‘राइट टु प्रोटिन रन’अन्तर्गत हाफ म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र महिलातर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेका छन्।

दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा तथा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। 

दीपकले निर्धारित दूरी १ घण्टा ७ मिनेट ३३ सेकेन्डमा तथा सन्तोषीले १ घण्टा २० मिनेट १९ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्। 
पुरुषतर्फ दीपकले नेपाल एपीएफ क्लबका गोपिचन्द्र पार्कीलाई ९ सेकेन्डले पछि पारे। पार्की १ घण्टा ७ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै दोस्रा भए। 

यस्तै निर्धारित दूरी १ घण्टा ७ मिनेट ४३ सेकेन्डमा पूरा गर्दै तीर्थ पुन तेस्रा भए भने आर्मीका नरेन्द्र रावल १ घण्टा ८ मिनेट ५१ सकेन्डमा पूरा गर्दै चौथा भए। निर्धारित दूरी १ घण्टा ८ मिनेट ५६ सकेन्डमा पूरा गर्दै खडक बहादुर खड्का पाँचौँ स्थानमा रहे।

उता महिलातर्फ सन्तोषीले नेपाल पुलिसकी राममाया बुढालाई पछि पारिन्। बुढा निर्धारित दूरी १ घण्टा २१ मिनेट ५६ सेकेन्डमा पूरा गर्दै दोस्रा बनिन्। 

एपीएफकी पुष्पा भण्डारीले निर्धारित दूरी १ घण्टा २३ मिनेट २ सेकेन्डमा पूरा गरेर तेस्रो स्थान हासिल गरिन्। आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २३ मिनेट २० सेकेन्डमा पूरा गरेर चौथौ बनिन् भने एपीएफकी फूलमती राना १ घण्टा २५ मिनेट १७ सकेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पाँचौँ बनिन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको हाफ म्याराथन भक्तपुरको राधेराधे पुगेर फेरि रंगशाला नै फर्किएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .