ad ad

खेल


चेन्नईले धोनीको स्थानमा ऋतुराजलाई बनायो कप्तान

चेन्नईले धोनीको स्थानमा ऋतुराजलाई बनायो कप्तान

नेपालखबर
चैत ८, २०८० बिहिबार १७:४५, काठमाडौँ

चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को कप्तानमा ऋतुराज गायकवाडलाई नियुक्त गरेको छ। 

इन्डियन प्रिमियर लिग (आईपीएल)का सर्वाधिक सफल कप्तान महेन्द्र सिंह धोनीको स्थानमा चेन्नईले ऋतुराजलाई कप्तान बनाएको हो। 

खेल करिअरको अन्तिम आइपीएल खेल्न लागेका धोनीले यो सिजन खेलाडीको रुपमा मात्र खेल्ने भएका हुन्। धोनीले सन् २००८ देखि चेन्नइको कप्तानी गरेका थिए। 

धोनीको कप्तानीमा चेन्नईले ५ आइपीएल उपाधि जितेको छ। धोनीको कप्तानीमा चेन्नईले सन् २०१०, २०११, २०१८, २०२१ र २०२३ मा उपाधि जितेको थियो। 

५ पटक उपविजेता बनेको छ। आइपीएलको १२ संस्करणमा चेन्नईले १२ प्लेअफ खेलेको छ। चेन्नई सन् २०२० र २०२२ मा पहिलो चरणबाट नै आउट भएको थियो। 

यसअघि सन् २०२२ मा धोनीले कप्तानी छाड्दै रविन्द्र जडेजालाई कप्तानी सुम्पेका थिए। तर उनको कप्तानीमा टोलीले कमजोर प्रर्दशन गरेपछि उनी पुनः कप्तानीमा फर्केका थिए। 

ऋतुराजले ५२ आईपीएल खेलमा १ शतक र १४ अर्धशतकसहित १७९७ रन बनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .