ad ad

खेल


‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनमा करिब १५ सय धावक सहभागी हुने

‘राइट टु प्रोटिन रन’ हाफ म्याराथनमा करिब १५ सय धावक सहभागी हुने

नेपालखबर
चैत ८, २०८० बिहिबार १६:३८, काठमाडौँ

राइट टु प्रोटिन रन हाफ म्याराथनमा करिब १५ सय धावक भाग लिने भएका छन्। 

नेपाल भेटेरेनरी एशोसियसनले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हाफ म्याराथनको पुरुषतर्फ १२ सय ६६ र महिलातर्फ १ सय ८२ खेलाडीले भाग लिने जानकारी दिएको हो। 

प्रतियोगिताको भोलेन्टियरसहितको १० विधामा कुल ७ हजार ७ सय ८७ धावकले भाग लिने राइट टु प्रोटिन रनका संयोजक शितलकाजी श्रेष्ठले जानकारी दिए। 

प्रतियोगिताको तेस्रो संस्करणमा आईपुग्दा अहिलेसम्म कै धेरै सहभागिता रहेको आयोजकले जनाएको छ। हाफ म्याराथन शनिबार त्रिपुरश्वरस्थित दशरथ रगंशालाबाट सुरु हुनेछ।

प्रतियोगिताको १० किमी पुरुषतर्फ ३ हजार ८१,  महिला ५ किमि तर्फ १ हजार १ सय ६६ धावक सहभागी हुनेछन्। 

१२ कक्षामाथिको ५ किमी पुरुषतर्फ ७ सय ९२, ३ किमि महिलातर्फ ४ सय ७२ जना धावक सहभागी हुनेछन्। 

ह्विल चियर पुरुषतर्फ ४० र महिलातर्फ २० जना तथा किंडरगार्डेन विद्यार्थी २ सय ६८ जना सहभागी हुनेछन्। ५ सय जना भोलेन्टियर सहभागी हुने आयोजकले बताएको छ।

दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा आई समापन हुने कार्यक्रम रहेको छ। कार्यक्रमको जम्मा पुरस्कार राशि कर सहित रु १४ लाख १२ हजार ५ सय रहेको छ।

हाफ म्याराथनको विजेताले एक लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। 

यस्तै, १० किलोमिटर दौडमा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ५०, ४०, ३०, २० र १० हजार रुपैयाँ प्रदान गरिनेछ भने पाँच किलोमिटर दौड प्रतियोगीले ३०, २०, १५, १० र ५ हजार पाउने छन्। 

यसैगरी, तीन किलोमिटर दौड प्रतियोगीलाई क्रमसः २०, १५, १०, ५ हजार र २ हजार पाँच सय तथा ह्विचेयर प्रतियोगीलाई ३०, २०, १५, १०, ५ हजार प्रदान गरिनेछ।

गत वर्षको म्याराथनमा ५ हजार धावक सहभागी भएका थिए। गत संस्करण हाफ म्याराथनमा महिलातर्फ फूलमती राना र पुरुषतर्फ दीपक अधिकारी प्रथम भएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .