हङकङमा त्रिकोणात्मक टी२० शृंखलाको फाइनल खेलिरहेको नेपालले चौथो सफलता हात पारेको छ।
पपुवा न्युगिनीविरुद्धको फाइनलमा टस जितेर फिल्डिङ रोजेको नेपालले चौथो विकेट झारेको हो।
नेपालका लागि गुल्सन झाले छैठौँ ओभरको दोस्रो बलमा हिरी हिरीको विकेट लिएका हुन्। यसअघि आकाश चन्दले २ र करण केसीले १ विकेट लिएका थिए।
६ ओभर सकिँदा पीएनजीले ४ विकेट क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ।
600
Shares
प्रतिक्रिया