ad ad

खेल


नेदरल्यान्ड्सले गुमायो ३ विकेट, कप्तान स्कट रन आउट

नेदरल्यान्ड्सले गुमायो ३ विकेट, कप्तान स्कट रन आउट

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:३९, काठमाडौँ

टी–२० आई त्रिकोणात्मक सिरिजमा नेपालविरुद्ध नेदरल्याण्डस्ले तीन विकेट गुमाएको छ। 

१३औँ ओभरको अन्तिम बलमा ३३ रन बनाएका कप्तान स्कट इडवार्ड रन आउट भएका हुन्। 

१६ बलमा ५ चौका हानेका कप्तान आउट भएसँगै नेपाललाई केही राहत मिलेको छ। यसअघि दोस्रो विकेटका रुपमा कुशल मल्लले ओपनर माइकल लेविटलाई आउट गराएका थिए। 

नवौँ ओभरको पाचौँ बलमा कुशलले माइक्ललाई ५४ रनमा विकेटकिपर आशिफ शेखको हातबाट आउट गराए। ३६ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै माइकल आउट भए। 

त्यसअघि तेस्रो ओभरको पहिलो बलमा नै करण केसीले ओपनर क्याक्स ओ डाउडलाई दिपेन्द्र सिंह ऐरी हातबाट क्याच आउट गराए। म्याक्स ओ डाउडले ४ रन बनाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिलिडङ रोजेपछि ब्याटिङ गरेको नेदरल्याण्डस्ले १३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर १ सय २५  रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .