खेल


नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता

विकेट लिएपछि करण केसी। तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १५, २०८० मंगलबार १२:५, काठमाडौँ

त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध घरेलु टोलीलाई दोस्रो सफलता मिलेको छ। 

जारी खेलमा करण केसी र रोहित पौडेलले १/१ विकेट लिएका हुन्। 

छैटौँ ओभरको पाचौँ बलमा करण केसीले ओपनर माइकल भान लिंगेनलाई गुल्सन झाको हातबाट क्याच आउट गराएका थिए। 

त्यसैगरी ९ ओभरको दोस्रो बलमा ११ रन बनाएका नामिबियाका जेपी कोट्जेलाई पौडेलले विवेक यादवको हातबाट क्याच आउट गराए।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नामिबियाले ९ ओभरमा २ विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .