खेल


घरेलु टोली मलेसियालाई नेपालले दियो ११६ रनको लक्ष्य

घरेलु टोली मलेसियालाई नेपालले दियो ११६ रनको लक्ष्य

तस्बिर : क्यान नेपाल


नेपालखबर
फागुन ४, २०८० शुक्रबार १२:४१, काठमाडौँ

एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई १ सय १६ रनको लक्ष्य दिएको छ।

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङमा गएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै सय १५ रन बनाएको हो। 

नेपालका लागि कप्तान इन्दु बर्माले २९ रन बनाइन्। डली भट्टले २५ रन बनाएर आउट भइन्।

ओपनर कविता कुँवरले २३ रनको योगदान दिइन्। रुविना क्षेत्रीले २० रन बनाइन्। कविता जोशी २ रनमै आउट भइन्।

मलेसियाका लागि माहिरन इज्जतीले २ विकेट झारिन्। विनिप्रलेड डुराइसिंघमले १ विकेट लिइन्।

मलेसियाविरुद्धको खेलमा जित निकाले नेपालले फाइनलमा यूएईसँग खेल्ने छ।

आजै भएको पहिलो सेमिफाइनल भिडन्तमा यूएईले थाइल्यान्डलाई ४ विकेट हरायो। यो जितसँगै उसले आइतबार हुने उपाधि भिडन्त पक्का गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .