साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्दै छ।
साउदी अरेबिया जाने नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाइ गरेको हो। टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले विदाइ गरे।
च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ३ नयाँ खेलाडी समेट्दै गत सोमबार २३ सदस्यीय टोलीको घोषणा गरिसकेका छन्।
टोलीमा उमेर समूहबाट खेलिसकेका डिफेन्डर सविना चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारीले पहिलो पटक राष्ट्रिय महिला टोली स्थान बनाएका छन्।
आगामी फागुन ७ गतेबाट हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बीमा प्यालेस्टाइन, सिरिया र इराक छन्। समूह ए मा आयोजक साउदीसहित ग्वाम, लेबनान र जोर्डन छन्।
नेपालले पहिलो खेलमा फागुन ८ गते सिरियासाग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। १० गते इराकसाग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा फागुन १२ गते प्लोस्टाइनसँग खेल्ने तालिका छ। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टोली
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा –कप्तान), उषा नाथ, अञ्जना राना मगर
डिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी
मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल
फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ्ग, सबिता राना मगर
थप तस्बिर
Shares
प्रतिक्रिया