ad ad

खेल


कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

कुवेतलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

तस्बिर : क्यान नेपाल


नेपालखबर
फागुन २, २०८० बुधबार १४:४३, काठमाडौँ

नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको क्वार्टर फाइनलमा नेपालले कुवेतलाई ८ विकेटले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो। 

टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई ७४ रनको सामान्य लक्ष्य दिएको थियो। तर सामान्य सुरुवात गरेको नेपालले ६.५ ओभरमा २ विकेटको क्षतिमा ५० रन बनायो।

खराब मौसमका कारण प्रभावित भएको खेलमा नेपाल डीएलएस मेथोडका आधारमा ८ विकेटले विजयी भएको हो।

नेपालकी ओपनर कविता कुँवर मात्रै १ रन बनाएर आउट भइन्। सिता राना मगरले १५ बलमा २ चौकाको मद्दतमा १७ रन बनाउँदा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन्।

इन्दुले २१ बलमा एक चौका प्रहार गरिन्। एक बल मात्रै खेलेकी कविता जोशीले चौका प्रहार गर्दै नटआउट रहिन्। कुवेतकी र्मायाम ओमारले सीतालाई क्याचआउट गराउँदा कवित रनआउट भएकी हुन्। 

त्यसअघि कुवेतले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा ७३ रन बनाएको थियो। कुवेतलाई सस्तैमा समेट्नेक्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन्। 

११ औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेकी सिताले ४ रन खर्चिए पनि विकेट हात पार्न सकिनन्। तर १३ औं ओभरमा उनले लगातार तीन विकेट लिन सफल भएकी हुन्।

आफ्नो दोस्रो ओभरको पहिलो बलमा १ रन खर्चिएकी सिताले दोस्रो बलमा कुवेतकी प्रियदा मुरलीलाई २९ रनमा एलबीडब्लु धरापमा पारिन्।

मुरलीले ३३ बल खेल्दै कुवेतका लागि सर्वाधिक २९ रन बनाएकी थिइन्। मुरली आउट भएपछि आएकी मार्याम ओमार पहिलो बलमै आउट भइन्। 

मुरलीपछि आएकी अम्ना तारिकलाई पनि एलबीडब्लु धरापमा पार्दा सिताले ह्याट्रिक गर्न सफल भइन्। कुवेतका जीफा जिलानीले २ रन बनाउँदा बालासुब्रामनी शान्ति र खादिजा खालिलले समान १३ रन बनाए। 

मारियाम्मा हैदरले मात्रै १ रन जोड्दा, सुचिताले ५ रन बनाइन्। मारिया जस्भी ४ र मदिहा जुबेरी २ रनमा नटआउट रहे।

नेपालका कविता कुँवर र रुबिना क्षेत्रीले समान २/२ विकेट हात पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .