ad ad

खेल


साउदी अरेबियामा हुने च्याम्पियनसिपका लागि महिला टोलीको घोषणा, तीन नयाँ अनुहार समेटिए

साउदी अरेबियामा हुने च्याम्पियनसिपका लागि महिला टोलीको घोषणा, तीन नयाँ अनुहार समेटिए

फाइल फोटो


नेपालखबर
माघ २९, २०८० सोमबार १९:५६, काठमाडौँ

साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपका तीन नयाँ अनुहारलाई समेट्दै २३ सदस्यीय राष्ट्रिय महिला टोलीको घोषणा भएको छ।

टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

यसअघि नेपालको उमेर समूहबाट खेलिसकेका डिफेन्डर सविना चौधरी, मिडफिल्डर सरस्वती हमाल र फरवार्ड चन्द्रा भण्डारीले पहिलो पटक राष्ट्रिय महिला टोली स्थान बनाएका छन्।

आगामी फागुन ७ गतेबाट हुने च्याम्पियनसिपमा नेपाल रहेको समूह बी मा प्यालेस्टाइन, सिरिया र इराक छन्। समूह ए मा आयोजक साउदीसहित ग्वाम, लेबनान र जोर्डन  रहेका छन्।

नेपालले पहिलो खेलमा फागुन ८ गते सिरियासाग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। १० गते इराकसाग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा फागुन १२ गते प्लोस्टाइनसँग खेल्ने तालिका छ।

समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

नेपाली टोली
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), उषा नाथ, अञ्जना राना मगर
डिफेन्डरः गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी
मिडफिल्डरःअनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ्ग, सबिता राना मगर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .