नेपाली टोलीका कप्तान रोहित पौडेल क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिजको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
कप्तान रोहितले सिरिजका दुई खेलमा ६ विकेट लिएका थिए। ब्याटिङतर्फ ९५ रन बनाएका थिए।
सिरिजको पहिलो खेलमा रोहितले ८ रन बनाउँका साथै ४ विकेट झारेका थिए।
दोस्रो खेलमा ८७ रन बनाउँदा बलिङतर्फ २ विकेट लिएका थिए। रोहितको कप्तानी पारीमा नेपालले एक खेल अगावै सिरिजमा २–० को अग्रत बनाउँदै आफ्नो पक्षमा पारेको थियो।
क्यानडाविरुद्धको तेस्रो तथा निर्णायक खेलमा भने रोहितले ब्याटिङको मौका पाएनन्। नेपालले घरेलु मैदानमा जितेको यो पहिलो सिरिज हो।
951
Shares
प्रतिक्रिया