एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ९४ रनको प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।
मलेसियाको क्वालालाम्पुरस्थित सालागंर टर्फ क्लबमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रनको योगफल तयार पारेको हो।
हङकङका लागि कप्तान चाङ या किङ केरीले बनाएको २१ रन नै सर्वाधिक रह्यो। मर्यम बीबीले १९ र यास्मिन दस्वानीले १५ रन थपिन्। ओपनर नतासा माइल्सले ११ रन बनाईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
नेपालका लागि पुजा महतो र रुविना क्षत्रीले समान २ विकेट लिए। सिता राना मगर र कविता जोशीले समान एक विकेट आफ्नो नाममा गरे।
नेपाल रहेको समुह बी मा नेपालसहित हङकङ, भुटान र मालदिभ्स छन्। प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समुहमा विभाजन गरिएको छ। समुहका शीर्ष २ टोलीले क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।
Shares
प्रतिक्रिया