ad ad

खेल


ओपनर कुशल पनि आउट

ओपनर कुशल पनि आउट

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार ११:१, काठमाडौँ

क्यानडाविरुद्ध नेपालले दुवै ओपनर गुमाएको छ। 

१९ ओभरको तेस्रो बलमा अ‍ोपनर कुशल भुर्तेल आउट भएसँगै नेपालले दुवै अ‍ोपनर गुमाएको हो। 

५७ बलमा ९ चौका र १ छक्का प्रहार गरेका ओपनर कुशल भुर्तेल ६२ रनमा साद विन जफरको बलमा विकेट किपर श्रेयास मोभ्भाको हातबाट आउट भए। 

क्यानडाविरुद्ध आक्रामक ब्याटिङ गरेका कुशलले १४औँ ओभरको चौथो बलमा ४४ बलमा ८ चौका र १ छक्काको मद्दतमा अर्धशक पूरा गरे। 

त्यसअघि नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। १७ बलमा १ चौका मद्दतमा ८ रन बनाएका कप्तान पौडेल १५औँ ओभरको तेस्रो बलमा क्याच आउट भए। 

पहिलो विकेटका रुपमा ओपनर आरिफ शेख पनि क्याच आउट भएका थिए। आरिफ दसौँ ओभरको पहिलो बलमा ८ रन बनाउँदा नै आउट हुन पुगे। 

पहिलो विकेटका रुपमा आरिफ र कुशलले ४८ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १९ ओभरको खेल जारी रहँदा ३ विकेटको क्षतिमा ९८ रन बनाएर खेलिरहेको छ। 

भीम सार्की १४ रनमा नटआउट छन्। अहिले क्रिजमा कुशल मल्ल आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .