ad ad

खेल


उपाधि दाबेदार दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलोपटक एसियन कपको फाइनलमा

उपाधि दाबेदार दक्षिण कोरियालाई हराउँदै जोर्डन पहिलोपटक एसियन कपको फाइनलमा

नेपालखबर
माघ २४, २०८० बुधबार ७:५८, काठमाडौँ

उपाधि दाबेदार मानिएको दक्षिण कोरियालाई हराउँदै जोर्डन कतारमा जारी एसियन कपको फाइनलमा प्रवेश गरेको छ।

वरीयतामा निकै माथि रहेको दक्षिण कोरियाविरुद्ध २-० को सानदार जित हासिल गर्दै जोर्डन पहिलोपटक एसियन कपको उपाधिनजिक पुगेको हो।

५३औँ मिनेटमा गोल गरेर जोर्डनलाई सुरुवाती अग्रता दिएका याजान अल नैमातले ६६औँ मिनेटमा अर्को गोल हाने। 

एकै समूहका दक्षिण कोरिया दोस्रो र जोर्डन तेस्रो रहँदै अन्तिम १६ मा छानिएका थिए।

अन्तिम १६ मा इराक र क्वाटरफाइनलमा ताजिकिस्तानलाई हराउँदै जोर्डन पहिलोपटक सेमिफाइनलमा पुगेको थियो। 

जोर्डन अब फाइनलमा कतार र इरानबीच बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग भिड्नेछ। 

फाइनल खेल शनिबार हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .