ad ad

खेल


भारतविरुद्ध जवाफी ब्याटिङमा नेपाल, अर्जुन र दीपकको ओपनिङ

भारतविरुद्ध जवाफी ब्याटिङमा नेपाल, अर्जुन र दीपकको ओपनिङ

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०८० शुक्रबार १८:३८, काठमाडौँ

आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको शुक्रबार भारतविरुद्ध भएको खेलमा नेपालले जवाफी ब्याटिङ थालेको छ। 

सचिन दास र उदय सहरनको शतकीय साझेदारीमा भारतले दिएको २ सय ९८ रनको विशाल लक्ष्य पछ्याउँदै नेपाल जवाफी ब्याटिङमा उत्रिएको हो। 

ब्याटिङका क्रममा नेपालबाट ओपनिङको जिम्मा अर्जुन कुमाल र दीपक बोहोराले पाएका छन्। 

ताजा अवस्थामा अर्जुनले १ चौकासहित चार बलमा ४ रन बनाएका छन्। उता दीपकले ४ बलमा १ रन मात्रै बनाउँदै क्रिजमा छन्। 

आजको खेलमा भारतले जित निकाले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ। 

यसअघि दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९७ रन बनाएको थियो।

नेपालका लागि भारतविरुद्धको खेल औपचारिकता मात्रै हुनेछ। यसअघि नै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपालका लागि बलियो भारतविरुद्धको खेल आफ्नो परीक्षण पनि हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .