ad ad

खेल


साफ यू-१९ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

साफ यू-१९ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली बंगलादेश प्रस्थान

नेपालखबर
माघ १७, २०८० बुधबार ११:४, काठमाडौँ

बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियनसिप खेल्न नेपाली टोली आज (बुधबार) त्यसतर्फ प्रस्थान गरेको छ। 

नेपाली टोली मिडफिल्डर सार्हा बज्राचार्यको कप्तानीमा मैदान उत्रनेछ।

नेपालले पहिलो खेल शुक्रबार साविक विजेता घरेलु टोली बंगलादेशसँग खेल्नेछ। आइतबार भारत र मंगलबार समूह चरणको अन्तिम खेल भुटानसँग खेल्नेछ। 

चार टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टोली उपाधिका लागि भिड्नेछन्। 

टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल साहुखल, सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्यामसुन्दर सिंह छन्। गोलकिपिङ प्रशिक्षकमा शैलेश कर्माचार्य छन्। 

साफ महिला च्याम्पियनसिप प्रतियोगिता यही माघ १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका सबै खेल ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्ताफा कमल रंगशालामा हुनेछ।

नेपाली टोली
गोलरक्षकः  सुजाता तामाङ, करुण बुढाथोकी, लीला जोशी
डिफेन्डरः  दिभ्या यस्माइली मगर, सीता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई र माया मास्के
मिडफिल्डरः बिर्सना चौधरी, जुना विश्वकर्मा, सार्हा बज्राचार्य, सुशीला केसी, भावना परियार र पुनम चेम्जोङ
फरवार्डः सेनु परियार, सुक्रिया मिया, बर्षा वली, लीला चन्द, पुर्णिमा राई, समीक्षा मगर र सजिना स्याङ्तान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .