दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान विरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
इस्ट लन्डनको बफेलो पार्कमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
नेपालले आजको खेल जिते सुपर सिक्सको यात्रा तय गर्नेछ।
समूह डीमा रहेका नेपाल र अफगानिस्तान दुवै जितविहीन छन्।
आजको खेलमा विजेता टोलीले सुपर सिक्समा समूह एको टोलीसँग खेल्नेछ।
पराजित टोलीले १३औँ देखि १६औँ स्थानका लागि प्ले अफ खेल्नेछ।
यू-१९ विश्वकपमा नेपाल र अफगानिस्तान पहिलोपटक भेट हुन लागेका हुन्।
27
Shares
प्रतिक्रिया