खेल


अनिल र रन्जितको घातक बलिङमा मधेश प्रदेसको पाँचौं जित

अनिल र रन्जितको घातक बलिङमा मधेश प्रदेसको पाँचौं जित

नेपालखबर
माघ ११, २०८० बिहिबार १६:४८, काठमाडौँ

अनिल शाहको आक्रामक ब्याटिङ र रन्जित कुमारको घातक बलिङमा मधेश प्रदेसले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाचौँ जित निकालेको छ।

जितसँगै समान ८ खेलबाट ५ मा जित र ३ खेलमा हार भोगेको मधेस १० अंकमा तेस्रो स्थानमा छ। समान १० अंक भएको बागमती प्रदेश नेट रनरेटमा अघि रहँदै दोस्रो स्थानमा छ।
पराजित गण्डकी प्रदेश आठौँ स्थानमा छ।

बिहीबार भएको खेलमा मधेसले गण्डकी प्रदेशलाई १ सय ४५ रनले पराजित गर्यो।

मधेसले दिएको ३ सय ३६ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी ३९.५ ओभरमा १ सय ९० रनमा अलआउट भयो।

गण्डकीका लागि ओपनर इश्वर क्षत्री र कमल परियारले बनाएको २७ रन नै सर्वाधिक रह्यो।  

कृष ऐरले २६ रन थपे। चन्द्र पौडेलले २३, रोशन गौतमले २२ रन बनाए। समिर कडेल र मुस्कान थापाले समान १८ रन बनाए।

गण्डकीलाई कम स्कोरमा रोक्न रन्जित कुमारले ४ विकेट लिए। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ५१ रन दिए। हरिशंकर शाहले ३ विकेट लिए। प्रदिप पासवानको नाममा दुई विकेट रह्यो।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३५ रनको विशाल योगफल तयार पारेको थियो।  

दोस्रो विकेटका लागि अनिल शाह र मयन यादवले १ सय ५ रनको शतकिय साझेदारी गरे। अनिलले १ सय २७ रनमा क्याच आउट भए। १ सय २५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दा कमल परियारको बलमा क्याच आउट हुन पुगे।

अरनिको यादव ६३ र अविशेक तिवारी २७ रनमा नटआउट रहे।

पवन सर्राफले ४० र रुपेश सिंहले ३२ रन थपे। मयन यादव २७ रनमा आउट भए।

गण्डकीका लागि सन्देश पराजुलीले २ विकेट लिए। कृष्ण पौडेल र कमल परियारले समान एक विकेट लिए। पौडेलले आफ्नो स्पेलमा १ सय १७ रन खर्चदै सर्वाधिक महंगा सावित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .